दफा २५
गुठी तैनाथी जग्गाको बन्दोबस्त
(१) गुठी तैनाथी जग्गा संस्थानले आफै खेती गर्न वा लिलाम बढाबढ गराई दर्ता गरिदिन सक्नेछ ।
(२) गुठी तैनाथी जग्गामध्ये ऐलानी बाँझो जग्गाको हकमा संस्थानले अवस्था अनुसार देहायबमोजिम कुनै पनि व्यवस्था गर्न सक्नेछ ः–
(क) संस्थान आफैले आवाद गर्ने,
(ख) तोकिएबमोजिम केही वर्षको कूतसम्म माफी गरी खास किसानलाई …….. आवादी गर्न दिने, र
(ग) …………………
(३) उपदफा (१) र (२) मा जुनसुकै कुरा लेखिएको भएतापनि कुनै गुठी तैनाथी जग्गा घर घडेरी वा उद्योग व्यापारको लागि उपयुक्त देखिएमा त्यस्ता गुठी जग्गा र संस्थान आफैले खेती गरे गराएको गुठी तैनाथी जग्गा आवादी वा ऐलानी जे भएपनि उपयोग र ठाउँको महत्व हेरी संस्थानले तोकिएबमोजिम ………….. बढाबढ गराई गुठी रैतान नम्बरी जग्गामा परिणत गरी दर्ता गरी दिन सक्नेछ र २०४६ चैत्र २६ गते भन्दा पहिले नै गुठी तैनाथी जग्गामा आफनै पूँजी लगाई घर बनाई बसोवास गरिसकेकाको हकमा त्यस्तो घर घडेरी यसै ऐनमा अन्यत्र व्यवस्था गरिए अनुसार
मूल्याङ्कन समितिले तोकेको मूल्यको आधारमा निजकै नाममा रैतान नम्बरीमा परिणत गरी दर्ता गर्न सकिनेछ ।
(४) उपदफा (१), (२) र (३) मा जुनसुकै कुरा लेखिएको भएतापनि देवस्थल रहेका वा देवी देवता देवस्थल पर्व पूजा जात्रासँग सम्बन्धित धार्मिक एवं सार्वजनिक पर्ति जग्गा कुनै व्यक्तिको नाममा दर्ता गरिने छैन । त्यस्तो जग्गा दर्ता गरिएको रहेछ भने पनि संस्थानले त्यस्तो जग्गाको दर्ता बदर गर्न सक्नेछ ।